एन्डरसन बने इंग्ल्याण्डबाट धेरै टेष्ट खेल्ने पहिलाे खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 554 पटक हेरिएको

इंग्ल्याण्ड क्रिकेट टिमका तिब्रगतिका बलर जेम्स एन्डरसन देशका लागि धेरै टेष्ट खेल्ने खेलाडी बनेका छन । न्यूजिल्याण्डविरुद्धको टेष्टमा सुरुवाती ११ मा स्थान बनाएसँगै उनले पूर्व कप्तान एलेस्टर कुकको रेकर्डलाई तोडेका हुन ।

भेट्रान तिब्रगतिका बलर एन्डरसनले इंग्ल्याण्डका लागि एक सय ६२ टेष्ट खेल खेलेका छन । उनले कुकको एक सय ६१ टेष्टको रकेर्डलाई तोडेका हुन । टेष्ट क्रिकेटमा धेरै खेल खेल्ने उनी अब एक्लो क्रिकेटर बनेका छन ।

सन् २००२ मा जिम्बावेविरुद्ध डेब्यु गरेका एन्डरसनले हाल आइसीसीको टेष्ट बरियतमा छैटौं स्थानमा छन । उनको टेष्ट क्रिकेटमा २६.४६ को औषत रहेको छ ।

एन्डरसनले देशका लागि एक सय ९४ एकदिवसिय खेल खेलेका छन । जसमा उनले दुई सय ६९ विकेट लिएका छन । यतिमात्र होइन टेष्ट क्रिकेटमा ६ सय विकेट लिने उनी पहिलो तिब्रगतिको बलर बनेका छन ।

इंग्ल्याण्डका लागि एन्डरसन र कुक बाहेक धेरै खेल खेल्ने खेलाडीमा स्टुवार्ट ब्रोडको एक सय ४७, एलिस स्टेवार्टको एक सय ३३ र इयान बेलको एक सय १८ रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal