न्यूजिल्याण्डका विकेटकिपर वाट्लिङले पनि दाेस्राे टेष्ट गुमाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 607 पटक हेरिएको

न्यूजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान बीजे वाट्लिङले इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन । विहिबारबाट सुरु हुने दोस्रो टेष्टका लागि उनी पुर्ण रुपमा फिट नभएपछि बाहिर हुने भएका छन ।

वाटलिङको स्थानमा टोम ब्लुन्डेलले लिने भएका छन । ब्लुन्डेलले सन् २०१७ को डिसेम्बरमा वेष्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । उनले अहिलेसम्म १० टेष्टमा दुई शतक बनाएका छन भने दुई अर्धशतक हिर्काएका छन ।

वाटलिङको चोटका विषयमा न्यूजिल्याण्ड टिमले पछिल्लो २४ घण्टा कुरेको थियो । तर सो समयमा कुनै प्रगति नभएपछि दोस्रो टेष्टबाट बाहिर राखिएको हो ।

दोस्रो टेष्टमा न्यूजिल्याण्डमा नियमित कप्तान केन विलियम्सनपनि खेल्न नपाउने भएका छन । उनलाई टेष्ट च्याम्पियनसिपको फाइनलका लागि आराम दिइएको छ । उनको स्थानमा टोम लाथमले कप्तानी गर्ने भएका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal