Prabhu Bank

डेब्यू गर्न बाँकी खेलाडीले अस्ट्रेलियाविरुद्ध अवसर पाउनसक्ने प्रशिक्षक अल्मुताइरीको संकेत

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 2 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो टिममा रहेका डेब्यू गर्न बाँकी युवा खेलाडीलाई अस्ट्रेलियासँगको खेलमा अवसर दिने संकेल गरेका छन् ।

‘वास्तवमै सबैकुरा राम्रो भयो भने उनीहरुले खेल्नेछन् । मलाई थाहा छ अस्ट्रेलियासँगको खेल कठिन हुनेछ तर उनीहरुले खेल्न पाउनु पनि त्यत्तिकै महत्वपूर्ण रहनेछ,’ विश्वकप र एसियन कप छनोट अन्तर्गत समूहचरणको अन्तिम खेलका रुपमा एसियाली महारथी अस्ट्रेलियासँगको खेलअघिको पत्रकार सम्मेलनमा अल्मुताइरीले भने ।

म अस्ट्रेलियासँग नेपाल टिमको अर्को एउटा सकारात्मक प्रदर्शनको आशा गर्छु । हाम्रो खेल्ने शैली सुधारिएको छ र यसले हाम्रा समर्थकलाई खुसी दिएको छ,’ उनले थपे ।

अघिकांश युवा खेलाडी समेटिएको नेपाली टिम दुई सातादेखि गल्फमा छ । सुरुमा इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले छनोट प्रतियोगिताको यसअघिका दुई खेलमा चाइनिज ताइपेईलाई हराउँदा जोर्डनसँग पराजित भएको थियो । नेपाली टोलीमा रहेका गोलरक्षकबाहेक सुरज ज्यू ठकुरी, आयुश घलान र कमल थापाले डेब्यू गर्न बाँकी छ ।

अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोली मिहिनेती भएको र उनीहरुसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए । ‘उनीहरु फरक शैलीमा खेल्छन् । उनीहरुका प्रशिक्षकले राम्रो काम गरिरहेका छन् । हामी नेपाली टिमको सम्मान गर्छौं, उनीहरु मिहिनेती छन्,’ आर्नोल्डले पत्रकार सम्मेलनमा भने ।

प्रशिक्षक आर्नोल्डले नेपालसँगको खेलमा केहि परिवर्तन गर्ने जानकारी दिएका छन् । ‘हामी टिममा परिमार्जन गर्दैछौं । हामीसँग ४ जना गोलरक्षकसहित २९ जनाको टोली छ । मेरो विचारमा उच्चस्तरको खेल हुनेछ,’ उनले थपे ।