Mega Bank

नेपाली फुटबल बिस्तारै परिवर्तन हुँदैछ-अब्दुल्लाह अल्मुताइरी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 321 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबल विस्तारै परिवर्तन भइरहेको बताएका छन । उनले अष्ट्रेलियासँगको खेल अगाडी भएको प्रि म्याचको पत्रकार सम्मेलनमा बोल्दै पछिल्लो ५० बर्षमा नेपालले पछाडी बसेर खेलिरहेकोमा अहिले विपक्षीको पोष्टमा पनि खेल्न सुरु गरेको बताए ।

उनले अष्ट्रेलिया टिमविरुद्ध राम्रो नतिजाका लागि मैदानमा उत्रिने बताए । उनले अर्को खेल राम्रो खेल्नुपर्ने धारणा राखे । नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, त्यसमा पछिल्लो पटक परिवर्तन भएको र नेपाली टिमले आफ्नो शैलीमा केहि परिवर्तन गरेको बताए ।

उनले परिवर्तनको नतिजा रिजल्टमा पनि देखिएको धारणा राखे । साथै अल्मुताइरीले छोटो समयमा नेपाली समर्थकलाई खुसी दिन सफल भएको र भविष्यमा थप राम्रो नतिजा दिने संकेत गरेको बताए ।

यस्तै अल्मुताइरीले जुलाईमा आफु भन्दा बलिया र नेपालले अहिलेसम्म नखेलेको युरोपियन र अफ्रिकन टिमसँग खेल्ने तालिका योजना रहेको बताए । उनले आफुहरुको मुख्य लक्ष्य सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप रहेको र त्यसका लागि हाम्रो मुख्य तयारी रहेको धारणा राखे ।

अष्ट्रेलियाविरुद्धको खेलमा उनले युवा खेलाडीलाई डेब्यु गर्ने संकते गरेका छन । पत्रकारको प्रश्नमा उनले युवा खेलाडीलाई डेब्युका अवसर हुनसक्ने बताए । उनले अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य नभएको र उनीहरुलाई यस्तै खेलमा मौका दिनसक्ने बताए ।

नेपालले शुक्रबार राती अष्ट्रेलियासँग खेल्दैछ । पहिलो लेगमा अष्ट्रेलिया पाँच शुन्यले पराजित भएको थियो ।

भर्खरै

Advertisement