बार्सिलाेना, रियल र युभेन्टसविरुद्ध यूइएफएले आधिकारीक रुपमा कारवाहीकाे प्रक्रिया सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 920 पटक हेरिएको

यूरोपियन फुटबल महासंघले आधिकारीक रुपमा बार्सिलोना, रियल मड्रिड र युभेन्टसविरुद्ध कानूनी कारवाहीको प्रक्रिया सुरु गरेको छ ।

यूइएफएले विजेप्ती जारी गर्दै तीन क्लवविरुद्ध नियम उलंघन गरेको भन्दै प्रतिबन्धका लागि कानूनी प्रक्रिया अगाडी बढाएको बताएको छ । यसअघि प्रतिबन्धका लागि प्रक्रिया सुरु गर्ने बताएपनि आधिकारीक जानकारी भने दिएको थियो ।

बुधबारमात्र युरोपियन सुपर लिगमा संस्थापक क्लवका रुपमा सहभागि भएर फिर्ता भएका ६ प्रिमियर लिग क्लवलाई समग्रमा २२ मिलियन यूरो जरिवाना लगाएको थियो ।

यूइएफएले तीन क्लवले युरोपियन च्याम्पियन्स लिग खेल्न नपाउने तरिकाले कानूनी उपचारको बाटोमा लागेको छ । स्विसको कानून मन्त्रालयले यसअघि बार्सिलोना, युभेन्टस र रियलविरुद्ध फिफा र यूइएफए दुबै संस्थाले तीन क्लवविरुद्ध कानूनी प्रक्रियामा जान नपाउने बताएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey