बार्सिलाेनाबाट मेस्सीले अझै पाएनन् सम्झाैताकाे आधिकारीक प्रस्ताव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 561 पटक हेरिएको

स्पेनीस क्लव बार्सिलोनाले अझैपनि आफ्ना कप्तान तथा सुपरस्टार फुटबलर लियोनल मेस्सीको नयाँ सम्झौताका विषयमा कुनै अफर नगरेको मार्काले बताएको छ ।

यो सिजन सकिएसँगै मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त हुनेछ । बार्सिलोनाले नयाँ सम्झौताका विषयमा छलफल गरेपनि प्रस्ताव भने नगरेको बताइएको छ । हाल कोपा अमेरीकाको तयारीमा रहेका मेस्सीसँगको नयाँ सम्झौताका विषयमा उनले अझै आधिकारीक रुपमा कुनै प्रस्ताव नपाएको बताइएको छ । केहि दिन अगाडी मेस्सीले बार्सिलोनासँग सम्झौता गर्ने पक्का भएको भन्ने समाचार बाहिरीएको थियो । तर फेरी अहिले उनलाई क्लवबाट आधिकारीक रुपमा कुनै प्रस्ताव नगएको भन्ने खुलेको छ ।

बार्सिलोनाका कप्तान जोन लार्पोटाले मेस्सीलाई क्लवमा राख्नेमा कुनै शंका नभएको र उनलाई दुई बर्षको नयाँ सम्झौता गर्ने बताएका थिए । उनले मेस्सीलाई बर्षको ५० मिलियन यूरो तलवमा नयाँ सम्झौता गर्ने समेत बताएका छन । जुन उनले अहिले पाउँदै आएको बार्षिक तलव भन्दा आधा कम हो ।

यसका साथै मेस्सीलाई बार्सिलोनाले १० बर्षका लागि सदभावनादुतको रोलमा पनि अनुबन्ध गर्ने योजना बनाएको छ । त्यो भएको खण्डमा उनी जुनसुकै क्लवमा गएपनि बार्सिलोनाको प्रतिनिधित्व गर्नेछन । यसका लागि उनले १० मिलियन यूरो पाउनेछन ।

यो कुरा अध्यक्ष लार्पोटाले मेस्सीका पिता तथा एजेन्ट जोर्ज मेस्सीसँग गरेका थिए । जसमा उनी सकारात्मकपनि देखिएका थिए । तर मेस्सीको सम्झौता सकिन तीन साताको समय बाँकी हुँदा उनले कहिले आधिकारीक प्रस्ताव पाउनेहुन भन्नेमा भने अन्योल छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey