एट्लेटिकाेकाे मैदानमा रियल हाेम टिम बनेर खेल्ने संभावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 631 पटक हेरिएको

स्पेनीस क्लव रियल मड्रिडको होम ग्राउण्ड स्तादियो सान्टियागो बेर्नाबेउको निर्माणको काम अझै केहि समय लाग्ने भएकाले यसले आगामी सिजनका लागि घरेलु मैदान एट्लेटिको मड्रिड मैदान वाडा मेट्रोपोलिटानोलाई बनाउनेमा सकारात्मक देखिएको छ ।

मार्काले जनाएअनुसार नयाँ सिजनमा रंगशालामा दर्शकको उपस्थिती सहित लिग हुने तयारी हुँदा रियलले आफ्नो होम मैदानका रुपमा एट्लेटिकोको रंगशालालाई प्रयोग गर्न सक्ने संभावना रहेको छ । २० देखि ३० हजार राखेर खेल खेल्नका लागि रियलको घरेलु मैदान तयार नहुने र अघिल्लो सिजन खेलेको मैदानको विकल्प खोजिरहेको बताइएको छ ।

सन् २०२० मा आफ्नो मुख्य रंगशाला पुर्ननिर्माण गर्न सुरु गरेपछि रियलको टिम प्रशिक्षण मैदानमा गएको थियो । जहाँ उसले सिजनको अधिकांश खेल खेलेको थियो । त्यो बेलापनि एट्लेटिको मड्रिडले रियललाई आफ्नो मैदान प्रयोग गर्न सक्ने भन्दै सकारात्मक कदम चालेको थियो । तर रियलले प्रशिक्षण गर्ने मैदानलाई प्रयोग गर्ने निधो गरेको थियो ।

अहिलेपनि एट्लेटिको रियललाई आफ्नो मैदान प्रयोग गर्न दिनेमा सहमत नै रहेको छ । यता रियलपनि सो मैदानलाई होम ग्राउण्डका रुपमा खेल्नका लागि केहि सकारात्मक देखिएको बताइएको छ । यतिबेला रियलले आफ्नो घरेलु मैदानलाई मल्टि प्रपोज र अत्याधुनिक बनाउने क्रममा छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey