सारी लाजियोको मुख्य प्रशिक्षक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 584 पटक हेरिएको

चेल्सी तथा युभेन्टसका पूर्व प्रशिक्षक माउजियो सारी लाजियोको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन ।

बुधबार प्रशिक्षकविहिन रहेको लाजियोले सारीलाई नयाँ जिम्मेवारी दिएको छ ।

सारीले लाजियोसँग दुई बर्षको सम्झौता गरेका छन । ६२ बर्षे सारीले चेल्सीलाई छोडेर युभेन्टसमा गएका थिए ।

सो क्लवमा उनले टिमलाई सिरी ए को उपाधि दिलाएका थिए । तर च्याम्पियन्स लिगमा प्रिक्वाटरफाइनलबाट बाहिरीएपछि उनलाई बर्खास्त गरेको थियो ।

गत अगष्टमा सारीलाई बर्खास्त गरेर युभेन्टसले आन्द्रे पिर्लोलाई मुख्य प्रशिक्षक बनाएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey