Mega Bank

क्यानको नयाँ आर्थिक कार्यविधीः खेलाडीले ओडीआई खेल्दा १० हजार भत्ता पाउने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 76 पटक हेरिएको

नेपाल क्रिकेट संघको नयाँ आर्थिक कार्यविधीले खेलाडीको हितमा राम्रो नियमावली बनाएको छ । २० बर्षपछि परिमार्जन भएको कार्यविधीमा खेलाडीलाई दिइने म्याच फिमा परिवर्तन गरेको छ । यसअघि क्यानले अन्तराष्ट्रिय टी २० खेल्दा पाँच हजार भत्ता दिँदै आएको थियो । तर अब खेलाडीले एकदिवसिय प्रतियोगिता खेल्दा १० हजार रुपैयाँ भत्ता पाउनेछन । त्यसमा कर समावेश गरिएको हुन । यस्तै टी २० खेल्दा पाँच हजार म्याच फि पाउनेछन ।

यस्तै महिला खेलाडीमा कर समावेश गरेर महिलाले पाँच हजार र टी २० मा तीन हजार रुपैयाँ पाउनेछन । यस्तै अन्तराष्ट्रिय एकदिवसिय र टी २० मा सहभागि हुने अफिसियलले पाँच हजार एकदिवसिय र १५ सय देखि २५ सयसम्म टी २० मा दिनेछ । यस्तै खेलाडीले बन्द प्रशिक्षणमा पाँच सय रुपैयाँ भत्ता पाउनेछन भने यातायातको सुविधा क्यानले नै गर्नेछ ।

यस्तै राष्ट्रिय प्रतियोगिता खेल्दा खेलाडीलाई दिइने डाइट र यातायातको भत्ता यसप्रकार रहेको छ । जसमा पुरुष खेलाडीले एकदिवसिय खेल खेल्दा २५ सय र टी २० खेल्दा दुई हजार पाउनेछन । यस्तै महिला खेलाडीले एकदिवसिय खेलमा दुई हजार र टी २० मा १५ सय रुपैयाँ भत्ता पाउनेछन ।

यस्तै अफिसियलले एक हजार देखि १२ सय ५० तथा महिलामा अफिसियलले सात सय ५० र एक हजार रुपैयाँ पाउने ब्यवस्था गरेको छ । घरेलु प्रतियोगिता हुँदा खेलाडीले पाँच सय रुपैयाँ भत्ता पाउनेछन भने उमेर समुहका खेलाडीले यातायात र डाइटका लागि एक हजार रुपैयाँ भत्ता प्रदान गरिनेछ ।

संघद्धारा संचालन हुने दुई दिवसिय प्रदेश स्तरीय क्रिकेट, एक दिवसिय प्रदेश स्तरीय र टि२० प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गर्ने अम्पायरहरुलाइ ४ जना लाई अनलाईन २५०० र पपेर २००० र स्कोररको (अनलाईन २५०० र पपेर २०००) लागी प्रतिखेल क्रमसः रु.४०००, रु २०००, रु १५०० ।– उपलब्ध गराईनेछ ।

संघद्धारा संचालन हुने दुई दिवसिय प्रदेश स्तरीय क्रिकेट, एक दिवसिय प्रदेश स्तरीय र टि२० प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गर्ने अम्पायरहरुलाई र स्कोररको लागी प्रतिखेल क्रमसः रु ३०००,.२०००, रु १५००, रु १००० ।– उपलब्ध गराईनेछ ।

संघद्धारा संचालन हुने बिभिन्न उमेर समुहको दुई दिवसिय क्रिकेट, एक दिवसिय र टि२० जिल्ला क्रिकेट प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गर्ने अम्पायरहरुलाई र स्कोररको लागी प्रतिखेल क्रमसः रु.३०००,२००० रु १५००, रु १००० ।– उपलब्ध गराईनेछ ।

भर्खरै

Advertisement