आर्सनल खरिद गर्न स्विडेनका धनाढ्य इककाे २ बिलियनकाे प्रस्ताव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 548 पटक हेरिएको

स्विडेनका बिलियर डेनीयल इकले फेरी एक पटक आर्सनललाई खरिद गर्ने तयारी गरेका छन । गत महिना एक दशमलव आठ विलियन पाउण्डमा आर्सनलको स्वामित्व लिन खोजेका उनी असफल भएका थिए ।

तर यसपटक रकम बढाएर फेरी आर्सनलको स्वामित्व लिने तयारीमा छन । उनले यसपटक दुई बिलियन पाउण्ड खर्च गर्न तयार रहेको बताएका छन ।

अघिल्लो पटक आर्सनलका हालका मालिक क्रोइन्कीको परिवारले आफुहरुलाई पैशा आवश्यक नभएको भन्दै प्रस्ताव अस्विकार गरेका थिए । तर दुई विलियनको अफरमा भने क्रोइन्कीको परिवारले केहि लचकता लिएको बताइएको छ ।

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएपछि इक ले आर्सनल खरिदका लागि प्रस्ताव गरेका थिए । उनीसँग आर्सनलका लेजेन्ड खेलाडी थिएरी हेनरी, डेनीस बेर्गकाम्प र प्याट्रिक एभ्रा बिड टिममा रहेका छन ।

अमेरीकी ब्यापारी क्रोइन्किले सन् २०१८ मा आर्सनललाई पुर्ण रुपमा स्वामित्वमा लिएका थिए । उनको छोरा जोस क्लवको डाइरेक्टर रहेका छन । यता नयाँ लगानी गर्न खोजेका इक भने आफु आठ बर्षको हुँदा देखि सो क्लवका फ्यान रहेको र अहिले त्यसमा लगानी गर्न चाहिरहेको बताएका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal