नेइमारको प्रेरणादायी प्रदर्शनमा ब्राजिलको अपराजित यात्रा जारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 560 पटक हेरिएको

एजेन्सी । अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि दक्षिण अमेरिकी छनोट प्रतियोगितामा ब्राजिलले आफ्नो अपराजित यात्रालाई छैटौं खेलसम्म कायम राखेको छ ।

केहिबरअघि सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)का सुपरस्टार नेइमारले एक गोल र अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले पाराग्वेलाई २–० ले हरायो ।

गाव्रियल जेससको पासमा नेइमारले चौथो मिनेटमै गोल गरेपछि ब्राजिलले पाराग्वेको घरेलु मैदानमा अग्रता लिएको थियो ।

Image

दोस्रो गोलका लागि भने उसले खेलको अन्तिम समयसम्म कुर्नुप¥यो । नियमितपछिको इन्जूरी समयमा नेइमारको पासमा सब्स्टिच्युड स्ट्राइकर लुकास पाकुटाले गोल गरी २–० को जित निश्चित गरे ।

ब्राजिलले विश्वकप दक्षिण अमेरिकी छनोटमा ६ खेलबाट शतप्रतिशत अर्थात् १८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको समान खेलबाट १२ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey