वेस्टइन्डिज र बंगलादेश सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 486 पटक हेरिएको

अस्ट्रेलियाले वेस्टइन्डिज र बंगलादेशसँगको सिरिजका लागि प्रारम्भिक टिमको घोषणा गरेको छ ।

आरोन फिन्चको कप्तानीमा २९ सदस्यीय टिम घोषणा गरिएको हो । ६ जना नयाँ खेलाडीलाई पनि पहिलो चरणमा छनोट गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

कोरोना महामारीका कारण बायो बबलका कारण पनि धेरै संख्यामा खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । बेन डेरमोट, डान क्रिष्टियन, क्यामरन ग्रिन, एस्टोन टर्नर, वेस अगर र नाथन इल्स नयाँ खेलाडीको रुपमा रहेका छन् । अस्ट्रेलियन टिम वेस्टइन्डिजविरुद्धको सिरिजका लागि जुन २८ तारिखमा प्रस्थान गर्ने छ ।

अस्ट्रेलियाले जुन ९ तारिखमा पहिलो टी २० खेल्ने छ । यसैगरी १० तारिखमा दोस्रो, १२, १४ र १६ तारिखमा गरि पाँचा टी २० खेल्ने तालिका रहेको छ ।
त्यसपछि २० जुलाईमा पहिलो एक दिवसीय हुने छ भने २२ र २४ मा गरि तीन वटा एक दिवसीय खेल्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey