Mega Bank

खेलाडी ट्रान्सफरः मनिष डाँगीले थ्रीस्टारबाट ए डिभिजन लिग खेल्ने संभावना बढि

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 147 पटक हेरिएको

नेपालका लागि राइजिङ स्टार मनिष डाँगीले आसन्न ए डिभिजन लिग थ्रीस्टारबाट खेल्ने संभावना बढि भएकाे छन ।

भदौंको पहिलो साताबाट हुने भनिएको लिगका लागि थ्रीस्टारले डाँगीलाई टिम राख्ने तयारी गरिरहेकाे छ । यसअघि पनि उनले थ्रीस्टारबाट उपत्यका बाहिर भएका बागमती गोल्डकप र आहा रारा गोल्डकपमा खेलेका थिए ।

दक्षिण कोरियामा प्रशिक्षण गर्दै आएका मनिष पछिल्लो पटक नेपाली फुटबलमा चर्चामा रहेका छन । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पटक उनलाई सिनियर टिममा स्थान दिएका थिए । इराकविरुद्धको मैत्रीपुर्ण खेल खेलेका थिए । जसमा उनले डेब्यु गोलपनि गर्न सफल भएका थिए ।

नेपालका लागि डेब्यु खेलमा नै गोल गर्ने तेस्रो खेलाडी बनेका डाँगी पहिलो पटक ए डिभिजन लिग खेल्ने पक्का जस्तै रहेको छ ।

उनले यसअघि सी डिभिजन लिग खालिबारी युवा क्लव खेलेका थिए । कोरियामा बस्ने भएकाले विचमा उनी प्रतियोगिताका लागि मात्र नेपाल आउने गरेका थिए ।

मनिषले यू १८ साफ च्याम्पियनपसिपमा नेपालका लागि खेलेका थिए । डेब्यु खेलमा नै गोल गरेपछि उनको पछिल्लो पटक राम्रो चर्चा भइरहेको छ । यता उनकाे परिवारले याे बिषयमा कुरा फाइनल कुरा हुन बाँकी रहेकाे बताएकाे छ भने थ्रीस्टारले भने यसअघि पनि क्लवबाट खेलेकाले लिगमा पनि राख्ने अहिलेसम्मकाे कुरा रहेकाे बताएकाे छ ।

भर्खरै

Advertisement