करिव एक महिना नेपालमा अड्किएका फुजा स्वदेश फर्किए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 391 पटक हेरिएको

नेपाल सुपर लिगमा उपविजेता बनेको धनगढी एफसीका प्रशिक्षक तोपे फुजा प्रतियोगिता सकिएको करिव एक महिनापछि स्वदेश फर्किएका छन ।

नेपाल सुपर लिग जारी रहेका बेला नै कोरोना भाइरसका कारण निषेधाज्ञा भएपछि नियमित अन्तराष्ट्रिय उडानहरु रोकिएका थिए । जसका कारण फुजासँगै ९० प्रतिशत विदेशी खेलाडीहरु नेपालमा नै अड्किएका थिए ।

नेपालमा नै अड्किएका खेलाडीहरु आसन्न ए डिभिजन लिगका लागि विभिन्न क्लवबाट खेल्ने तयारीमा छन भने फुजा मंगलबार विहान स्वदेश पुगेका छन । उनी सोमबार दिउँसो नेपालबाट उडेका थिए ।

कतार एयरवेजको नियमित उडान सुरु भएपछि फुजा सोहि फ्लाइटमा स्वदेश गएका हुन । यता एनएसएलका लागि खेल्न आएका केहि खेलाडी भने फ्लाइट नहुँदा अझै नेपालमा नै रहेका छन ।

एनएसएलका लागि धनगढी टिमको प्रशिक्षकमा अनुबन्ध भएपछि केहि ढिलो गरेका आएका फुजाले टिमलाई पहिलो संस्करणमा नै फाइनलमा पुर्याएका थिए । तर फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग एक शुन्यले पराजित भएको थियो ।

फुजालाई आसन्न ए डिभिजन लिगका केहि क्लवले प्रस्ताव गरेपनि उनले स्विकार भने गरेका छैनन् । केहि समय परिवारसँग विताएर उनी ए डिभिजनका लागि आउने पक्का जस्तै रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey