रुनी र बाेल्ट एक अर्काविरुद्ध मैदानमा उत्रने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 379 पटक हेरिएको

च्यारिटी खेलका लागि इंग्ल्याण्ड पूर्व स्टार खेलाडी वायन रुनीसँगै एथ्लेटिक्सका सुपर स्टार युसेन बोल्ट मैदानमा उत्रिने भएका छन ।

सकर एड अन्तर्गत सेप्टेम्बर चारमा इतिहाद स्टेडियममा हुने सो च्यारिटी खेलमा रुनी र बोल्टसँगै रोबर्टो कार्लोस, प्याट्रिक एभ्रा, पउल स्कोल्स, गेरी नेभिल्स, जेमी रेडनाप, फारा विलियम्स, डेविड जेम्स, एस्ले कोल जस्ता खेलाडी खेल्नेछन ।

बोल्टले भने विश्व ११ बाट खेल्ने भएका छन । जसमा रोबर्टो कार्लोस र प्याट्रिक एभ्रा रहेका छन । यता रुनी लगायतका इंग्ल्याण्डका पूर्व खेलाडीले भने आफ्नो देशको नामबाट खेल्नेछन ।

इंग्ल्याण्डको प्रशिक्षण टिममा गत बर्ष समावेश भएका रुनीले फेरी एक पटक राष्ट्रिय टिमको जर्सी लगाउन पाउँदा निकै गर्व हुने बताएका छन ।
सकर ऐडको यो कार्यक्रम युनिसेफले गर्नेछ । सन् २००६ बाट सुरु भएको यो कार्यक्रममा दर्शकको सपोर्टका कारण मात्र फन्ड संकलन गरिने गरिएको छ ।

यो पटकपनि इतिहाद स्टेडियममा फुल हाउस दर्शक राख्ने योजना रहेको छ । खेलमा केहि सेलिब्रटीहरुपनि खेल्ने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey