फिल फाेडेन युराेपकाे मुल्यवान खेलाडीकाे सूचीमा शिर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 387 पटक हेरिएको

म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फिल फोडेन फुटबल सम्बन्धि अध्ययन गर्ने संस्था सीआईईएसको फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको युरोपको मोष्ट भ्यालुएबल खेलाडी बनेका छन ।

युरो कपका लागि इंग्ल्याण्डको टिममा रहेका फोडेनको अहिले मार्केट भ्यालु एक सय ९० मिलियन युरो रहेको छ । उनी युरोकको सर्वाधिक मुल्यवान खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिएका छ । यो सूचीमा म्यानचेस्टर युनाइटेडका मासोन ग्रिनउड दोस्रो स्थानमा छन । उनको भ्यालु एक सय ७८ मिलियन युरो बताइएको छ ।

यस्तै एक सय ५९ मिलियन युरोका साथ म्यानु का मार्कुस रासफोर्ड तेस्रो स्थानमा छन भने बोरुसिया डर्टमुण्डका हालान्ड चौथो स्थानमा झरेका छन । उनको मुल्य एक सय ५६ मिलियन युरो छ । पाँचौं स्थानमा युनाइटेडका ब्रुनो फर्नान्डेस छन । उनको बजार भाउ एक सय ५४ मिलियन युरो रहेको बताइएको छ ।

कसकाे भ्यालु कति

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal