Mega Bank

एक दिवसीय सिरिजको उपाधि नेदरल्याण्डको पोल्टामा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 126 पटक हेरिएको

आयरल्याण्डविरुद्धको एक दिवसीय सिरिज नेदरल्याण्डले जितेको छ । आज भएको खेलमा आयरल्याण्डलाई ४ विकेटले पराजित गर्दै सिरिज २–१ ले जितेको हो ।

१६४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड ४५.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । पहिलो खेलमा नेदरल्याण्ड एक रनले विजयी भएको थियो भने दोस्रो खेलमा आयरल्याण्ड ८ विकेटले विजयी भएपछि सिरिजको छिनोफानो आजको खेलबाट भएको हो ।

May be an image of one or more people, people standing and people playing sports

पाहुना टोली आयरल्याण्डले पहिला ब्याटिङ गर्दै सबै विकेट गुमाएर ४९.२ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो ।
आयरल्याण्डका हेरि टेक्टोरले अर्धशतकीय पारि खेलेका थिए । उनले ५८ रन बनाउँदा जोर्ज डरकेलले ४० रन बनाएका थिए । सेमी सिंहले बनाएको २१ रन आयरल्याण्डका खेलाडीले बनाएको सर्वाधिक तेस्रो रन हो ।

नेदरल्याण्डका फ्रेड क्लासेन र लोगन भान विकले तीन तीन विकेट लिए । टिम भान डेर गुटेनको नाममा २ विकेट रह्यो ।
१६४ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली नेदरल्याण्डलाई जिताउनका लागि स्टेफन मेबर्गले ७४ रनको पारि खेले । म्याक्स वोडवडले ३६ रन बनाउँदा मुसा अहमद १९ तथा बास डी लिड १८ रनमा पभेलियन फर्किएका थिए । आयरल्याण्डका सेमी सिंहले तीन विकेट लिए ।

भर्खरै

Advertisement