Mega Bank

जोर्डनविरुद्धको खेलमा नेपालको तीन परिवर्तन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 268 पटक हेरिएको

विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाली समय अनुसार राति पौने १० बजे शुरुहुने खेलका लागि नेपालले प्लेयिङ ११ सार्वजनिक गरेको छ ।

आजको खेलमा विकास खवास, सुमन लामा र अभिषेक रिजालले शुरुवाती ११ मा स्थान बनाएका छन् ।

गौतम श्रेष्ठ, सुनिल बल र आशिष लामाको ठाउँमा खवास, लामा र रिजाल शुरुमै परेका हुन् ।

किरण लिम्बू (चेम्जोङ) कप्तान, विकास खवास, अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, सुमन अर्याल, पुजन उपरकोटी, सन्तोष तामाङ, अञ्जन विष्ट, अभिषेक रिजाल र सुमन लामा रहेका छन् ।

भर्खरै

Advertisement