आइपीएल अक्टोबर १५ बाट गर्ने बीसीसीआईको नयाँ योजना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 253 पटक हेरिएको

कोरोनाका कारण विचमा नै स्थगित भएको इन्डियन प्रिमियर लिगलाई अक्टोबर १५ बाट गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

यूएईमा हुने प्रतियोगिता यसअघि सेप्टेम्बरको विन्डोमा गर्ने योजना थियो । तर यूएईको गर्मीबाट छल्नका लागि बीसीसीआईले अक्टोबरमा गर्ने भएको हो ।

यसअघि प्रतियोगिता सेप्टेम्बर १९ बाट गर्ने तालिका रहेको थियो । तर अहिले अक्टोबर १५ बाट गरिने बताइएको छ । बीसीसीआईले यसअघि सेप्टेम्बर १५ बाट अक्टोबर १५ सम्म गर्ने तालिका थियो ।

यसमा बीसीसीआईले १० वटा डबल हेडर खेल गर्ने योजना बनाएको थियो । तर सेप्टेम्बरको तेस्रो र चौथो सातामा १० वटा खेल साँझको समयमा राखिएको थियो । तर खेलाडीलाई निकै कठिन हुने भएकाले पनि त्यो नगर्ने योजनामा बीसीसीआई पुगेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey