युरोकपका लागि युक्रेनको जर्सीमा देशको नक्सा समावेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 531 पटक हेरिएको

आसन्न युरो कपका लागि युक्रेनले आफ्नो जर्सी सार्वजनिक गरेको छ । जसमा उसले आफ्नो देशको नक्सालाई राखेको छ । टिमको जर्सीमा देशको नक्सा राख्दा विवादास्पद ठाँउलाईपनि राखेको छ ।

सन् २०१४ मा रसियाले दावी गरेको क्राइमिया र मेनीनसुलालाई पनि युक्रेनले राष्ट्रिय टिमको जर्सीमा राखेको छ । दुबै ठाँउलाई अन्तराष्ट्रिय रुपमा युक्रेनका भनिएपनि रसियाले आफ्नो क्षेत्र भनेर दावी गर्दै आएको छ । जसका कारण यी दुई देशविच ठूलो विवाद पनि भएको छ ।

युक्रेन फुटबल संघका प्रमुख एन्द्रोइ पाभेल्कोले संघको आधिकारीक फेसबुक पेजबाट जर्सीलाई सार्वजनिक गरेका हुन । प्रतियोगिताका लागि विशेष जर्सीमा देशको बोर्डरलाई सेतो धर्सोमा राखिएको छ ।

युक्रेनको नयाँ जर्सीमा रसिययाले राजनितीक रुप लिन खोजेको बताएको छ । जर्सीमा रसियाको भागलाईपनि समावेश गर्नु आधिकारीक नभएको बताएका छन ।

युरो कपमा युक्रेनले जुन १३ मा नेदरल्याण्ड्सको खेलबाट प्रतियोगिता सुरु गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey