एम्बाप्पेलाई बिक्रि नगर्ने पीएसजीका मालिककाे दाबी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 303 पटक हेरिएको

फ्रेन्च क्लव पेरीस सेन्ट जर्मेनका मालिक नासेर अल खलिफाले केलियन एम्बाप्पेले टिम नछोड्ने दावी गरेका छन ।

पछिल्लो पटक २२ बर्षे एम्बाप्पेले पीएसजी छोड्ने चर्चा चलिरहेका बेला क्लवका मालिकले भने अहिलेको अवस्थामा उनले टिम नछोड्ने बताएका छन ।

एम्बाप्पेले पीएसजीसँग नयाँ सम्झौतामा अझैपनि सहमती गरेका छैनन् । नेयमारले पीएसजीसँग नयाँ सम्झौता गरेपनि एम्बाप्पेले भने अझै प्रष्ट जवाफ दिएका छैनन् ।

एम्बाप्पेलाई भित्र्याउनका लागि स्पेनीस क्लव रियल केहि समयदेखि होडमा छ । पछिल्लो पटक करिव ६ बर्षपछि फ्रान्सको टिममा फर्किएका करिम बेन्जिमाले पनि एम्बाप्पेलाई रियलमा ल्याउनका लागि कुरा गरिरहेको बताइएको छ ।

यता पीएसजीका मालिक खलिफाले भने एमबाप्पेलाई बिक्रि नगर्ने र फ्रि एजेन्टमा टिमबाट बाहिर नपठाउने बताएको छ । खलिफाले एम्बाप्पे आफ्नो देशमा खेलेर लिग वनलाई प्रमोट गरिरहेको र उनी भविष्यमा बलुन डी योर जित्ने खेलाडी रहेको बताउँदै उनलाई क्लवले कहिलेपनि विक्रि नगर्ने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey