विश्वकप छनाेट खेल्न कतारमा रहेका भारतीय फुटबलर थापालाई काेराेना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 249 पटक हेरिएको

कतारमा भइरहेको फिफा विश्वकप छनाेटका लागि कतारमा रहेको भारतीय टिमका खेलाडी अनिरुद्ध थापालाई कोरोना पोजेटिभ भएको छ ।

जसका कारण उनलाई क्वारेन्टिनमा राखिएको छ । कतारसँगको खेलको अघिल्लाे दिन उनलाई कोरोना पोजेटिभ देखिएको हो । जसका कारण उनलाई कतारसँगको विश्वकप छनाेटको खेलमा टिमबाट बाहिर राखिएको थियाे ।

भारतीय फुटबल संघका जनरल सेक्रेटरी कुशल दासले थापालाई कोरोना पोजेटिभ देखिएको बताएका छन् । उनको केहि दिनमा फेरी परीक्षण हुनेछ । भारतका लागि २० खेल खेलेका थापालाई कोभिड देखिएपछि अरु खेलाडीको पनि परिक्षण गरिएको थियो ।

भारत फिफा विश्वकप छनौटबाट बाहिरीएको छ । सन् २०२३ मा हुने एशियन कपको छनौटका लागि भने मौका कायमै छ ।

समुह इ मा रहेको भारतको ६ खेलमा तीन अंकका साथ चौथो स्थानमा रहेको छ । कतारको सात खेलमा १९ अंकका साथ शीर्ष स्थानमा छ । ओमानको पाँच खेलमा १२ अंक छ भने अफगानिस्तान ६ खेलमा पाँच अंकका साथ तेस्रो स्थानमा छ ।

भारतलाई अब बाँकी दुई खेलमा बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ । भारत र बंगलादेशबीचकाे खेल आज हुँदै छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey