Mega Bank

विश्वकप छनोट अन्तर्गत एसियाका २६ देशले प्रतिस्पर्धा गर्दै (समयसहित)

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 344 पटक हेरिएको

फिफा विश्वकप तथा एशियन कप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत आज १३ वटा खेल हुँदै छ । उत्तर कोरियाले भने छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएकाले दक्षिण कोरियाले भने आज खेल्नु पर्ने छैन ।

नेपाली समय अनुसार कीर्गिस्तान र मंगोलिया दिउँसो पौने १ बजे आमने सामने हुने छन् । यो समूह एफको खेल हो । कीर्गिस्तान ५ खेलबाट ७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ भने मंगोलिया ७ खेलबाट ३ अंकसहित पाचौं स्थानमा रहेको छ ।

यो समूहमो शीर्ष स्थानमा जापान अपराजित रहँदै १८ अंकका साथ शीर्ष स्थानम रहँदा ताजकिस्तान १० अंकसहित दोस्रो स्थानमा छ ।
जापान र ताजकिस्तानले आजै नेपाली समय अनुसार सवा चार बजे प्रतिस्पर्धा गर्ने छन् ।

समूह एमा रहेको गुवाम र सिरियाले पौने ८ बजे प्रतिस्पर्धा गर्ने छन् । सिरिया अपराजित रहँदै १८ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने गुवामले तालिकामा खाता खोलन सकेको छैन । यो समूहमा चीन १० अंकका साथ दोस्रो स्थानमा रहँदा फिलिपिन्स ७ अंकसहित तेस्रो स्थानमा रहेको छ । यी दुई टिम आजै राति पौने ११ बजे आमने सामने हुने छन् ।

बंगलादेश र भारत पनि आजै राति पौने ८ बजे आमने सामने हुने छन् । यी दुई टिम समूह ईमा रहेका छन् । भारतले अहिलेसम्म तीन अंक मात्रै जोडेको छ भने बंगलादेशको खातामा २ अंक रहेको छ । क्रमस चौथो र पाँचौं स्थानमा रहेका छन् । यो समूहमा विश्वकप आयोजक राष्ट्र कतार १९ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने ओमान १२ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा रहेको अफगानिस्तानको ५ अंक रहेको छ ।
कतार र ओमानले आजै राति पौने ११ बजे प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी नेपाली समय अनुसार समूह सीमा रहेका इराक र कम्बोडियाबीच सवा ८ बजे प्रतिस्पर्धा हुने छ । इराक ११ अंकसहित दोस्रो स्थानमा रहेको छ भने कम्बोडियाको १ अंक मात्रै रहेको छ ।

बहराईन १२ अंकसहित शीर्ष स्थानमा रहँदा इरान ९ अंकसहित तेस्रो तथा हङकङ ५ अंकसहित चौथो स्थानमा छ ।
यो समूहमा रहेका बहराईन र इरानबीच सवा १० बजे खेल शुरुहुने छ ।


समूह जीमा रहेको युएई र थाइल्याण्ड साढे १० बजे प्रतिस्पर्धा गर्ने छन् । युएई ९ अंकसहित दोस्रो स्थानमा रहँदा थाइल्याण्ड पनि समान ९ अंकसहित तेस्रो स्थानमा रहेको छ भने समान ९ अंक नै भएको मलेसिया चौथो स्थानमा छ । ११ अंक जोडेको भेतनाम भने शीर्ष स्थानमा रहेको छ ।
यो समूहको इन्डोनेसियाले १ अंक मात्रै जोडेको छ । भेतनाम र इन्डोनेसियाको खेल आजै राति साढे १० बजे नै हुने छ ।

समूह डीमा रहेका सिंगापुर र उज्बेकिस्तानबीचको खेल पौने १२ बजे शुरुहुने छ । उज्बेकिस्तान ९ अंकसहित दोस्रो स्थानमा रहेको टिम हो भने सिंगापुर ७ अंकसहित चौथो स्थानमा छ ।

१४ अंक जोडेको साउदी अरेयिबा शीर्ष स्थानमा छ । यस्तै समूह बीमा रहेको नेपालले आज राति पौने १० बजे जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ । जोर्डन १० अंकसहित तेस्रो स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित चौथो स्थानमा छ । यो खेल कुवेतमा हुने छ । शीर्ष स्थानमा भने अस्ट्रेलिया १५ अंकका साथ रहेको छ । दोस्रो स्थानमा रहेको कुवेतको १० अंक रहेको छ । यो समूहमा चाइनिज ताइपेईले खाता खोलेको छैन । अस्ट्रेलिया र ताइपेईबीचको खेल पनि आजै राति पौने १ बजे शुरुहुने छ ।

भर्खरै

Advertisement