Mega Bank

इंग्ल्याण्डका तीव्र गतिका बलर ओली निलम्बित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 89 पटक हेरिएको

न्यूजिल्याण्डविरुद्धकाे पहिलाे टेष्टमा नै डेब्यु गरेका इंग्ल्याण्डका तीव्र गतिका बलर ओली रोबिन्सन निलम्बित भएका छन् ।

९ वर्षअघि रंगभेद र लैंगिक विभेद हुने किसिमको ट्वीटरमा राखेकाे स्टाटस भाइरल भएपछि इंग्ल्याण्ड क्रिकेट बोर्डले रोबिन्सनलाई निलम्बित गरेको हो ।

पहिलो टेस्टमा ओली रबिन्सनले न्यूजिल्याण्डविरुद्ध ७ विकेट लिएका थिए । अब ओली दोस्रो टेस्ट खेल्न पाउने छैनन् ।

ओली रबिन्सन २०१२ र २०१३ मा प्रकाशित ऐतिहासिक ट्वीट पछि अनुशासनिक अनुसन्धानको नतिजा सम्म सबै अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको छ,’ ईसीबीले जानकारी दिएको छ ।

रोबिन्सन न्यूजिल्याण्डविरुद्ध बिहीबार १० जुन एडब्यास्टनमा सुरु हुने दोस्रो टेस्टको लागि छनोटको लागि उपलब्ध हुने छैनन् । उनी तुरुन्तै इंग्ल्याण्ड क्याम्प छोडेर आफ्नो काउन्टी टिममा फर्किने थिए । यद्यपि इंग्ल्याण्ड क्रिकेट बोर्डले रोबिन्सनलाई काउन्टी क्रिकेट खेल्न सक्ने छुट दिएको छ ।

उनले पहिलो खेल पछि केही पुरानो ट्वीटहरूको कारण निलम्बनको सामना गर्नु परेको हो । ओलीले यो टेष्ट खेलमा न्यूजिल्याण्डविरूद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । तर, लगभग दशक पुरानो ट्वीटका कारण उनलाई ईसीबीले निलम्बित गरेको हो ।

भर्खरै

Advertisement