रासफोर्डको पेनाल्टी गोलले इंग्ल्याण्डलाई राहत

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 322 पटक हेरिएको

आउँदो शुक्रबारदेखि शुरु हुन लागेको युरो कपको तयारीमा रहेको इंग्ल्याण्ड विजयी भएको छ ।

रिभर साइड स्टेडियममा आइतबा राति भएको खेलमा इंग्ल्याण्डले रामोनियामाथि १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा इंग्ल्याण्डले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि मार्कस रासफोर्डले गोल गरेका हुन् । उनले ६८ औं मिनेटमा पेनाल्टीमा गोग गरेका थिए ।

खेल शुरु भएको तेस्रो मिनेटमा रोमानियाका एलेक्जेड्रयू पौनले प्रहार गरेको कर्नर किकलाई डेनिस एलिबेसले सिक्स यार्ड बाहिरबाट गोल गर्न असफल भएका थिए ।

४४ औं मिनेटमा पनि रोमानियाको कडा प्रहारलाई इंग्ल्याण्डले जोगाएको थियो । ४७ औं मिनेटमा डोमेनिक काल्भेट लिविनले प्रहार गरेको बललाई रोमानियाका किपरले जोगाएका थिए ।

६७ औं मिनेटमा रोमानियाका तेबेरु क्यापुसाले पेनाल्टी एरियामा फल गरेपछि इंग्ल्याण्ड पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई रासफोर्डले गोल गरेका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey