Mega Bank

जोर्डनविरुद्ध उच्चस्तरको प्रदर्शन गर्न नेपाल तयार : प्रशिक्षक अल्मुताइरी (भिडियाेसहित)

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२३
  • |
  • 301 पटक हेरिएको

नेपालले सोमबार जोर्डनसँग विश्वकप तथा एशियन कप च्याम्पियनसिपको छनोटका लागि प्रतिस्पर्धा गर्दै छ । कोरोना महामारीका कारण नेपालमा हुनुपर्ने खेल अहिले कुवेतमा जारी छ ।

पहिलो खेलमा चाइनिज ताइपेईविरुद्ध २–० गोल अन्तरको जित निकालेको नेपाल सोमबार फिफा वरियतामा धेरै माथि रहेको जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ ।

जोर्डनसँग उसकै मैदानमा ९–० गोल अन्तरले पराजित भएकाले पनि नेपाली टिमलाई कमजोर आँकलन गर्ने गरिएको छ । तर, यस बीचमा नेपाली टिमले छोटो समयको तयारीका बाबजुत पनि इराकसँगैका मैत्रीपूर्ण फुटबलको नतिजामा भलै पराजय भए पनि चाइनिज ताइपेईसँगको नतिजाले पक्कै पनि जोर्डनविरुद्ध खेलाडीमा सकारात्मक उर्जा थप्ने विश्वास गरिएको छ ।

आइतबार भएको भर्चुअल प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उच्च मनोबलका साथ जित्ने लक्ष्य लिएर जोर्डनविरुद्ध आफ्नो टिम मैदान उत्रने प्रष्ट पारेका छन् ।

अहिले नै फलानोले जित्छ भन्ने जसरी अनुमान नगर्न आग्रह गर्दै कतिपय सञ्चारमाध्यममा आएका समाचारबारे आफू जानकार रहेको पनि शंकेत गरेका थिए ।

उनले भने जर्मनीलाई म्यासेडोनियाले फुटबलमै पराजित गरेको प्रशंग निकाल्दै नेपालले जोर्डनविरुद्धका लागि राम्रो तयारी गरेको बताए । विश्वकप छनोटको संम्भावना सकिएकोबारे अबगत रहेका प्रशिक्षक अल्मुताइरील एसियन कपको तेस्रो चरणको छनोटका लागि प्रतिस्पर्धा हुने पनि बताए ।

उनले खेलाडीले मैदानमा गरेको प्रदर्शनका आधारमा नतिजा निस्कने बताउँदै अबको लक्ष्य भनेको एसियन कपमा छनोट हुने रहेको बताए । नेपाली टिम अहिले नतिजा भन्दा पनि राम्रो फुटबल खेल्ने लक्ष्यका साथ आएकाले राम्रो फुटबल खेल्दा नतिजा पनि आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।

 

भर्खरै

Advertisement