भदौ पहिलो सातादेखि ‘ए’ डिभिजन लिग सुरु गर्ने एन्फाको तयारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२३
  • |
  • 764 पटक हेरिएको

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले भदौको पहिलो सातादेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्ने तयारी गरेको छ ।

कोरोना महामारीपछि खेल गतिविधि रोकिएसँगै २०७७ सालमा हुनुपर्ने ‘ए’ डिभिजन लिग रद्ध गरिएको थियो ।

नेपाल सुपर लिग एनएसएलपछि विदेशी खेलाडीहरुलाई क्लबले अनुबन्ध गर्न थालेको र अघिल्लो वर्षको लिग पनि हुन नसकेको अवस्थामा छिट्टै लिग सन्चालन गर्ने एन्फाको तयारी छ ।

एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले भदाै पहिलाे सातादेखि खाली रंगशालामा भए पनि ए डिभिजन लिग सन्चालनको तयारी सुरु गरिएको जानकारी दिए । यसपल्टको लिन लामो समयसम्म सन्चालन हुने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey