अन्तर्राष्ट्रिय फुटबलमा पानामाको सर्बाधिक फराकिलो जित कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२३
  • |
  • 391 पटक हेरिएको

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको उत्तर अमेरिकी कनकाफ छनोट अन्तर्गत पानामाले एंगुल्लामाथि १३–० गोलको फराकिलो जित हासिल गरेको छ ।

यो जितले पानामा विश्वकप छनोटको दोस्रो चरण नजिक पुगेको छ ।

आइतबार विहान भएकाे खेलमा पानामाले पहिलो हाफमा ४ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा ९ गोल थप्यो । यो पानामाको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा फराकिलो अन्तरको जित पनि हो ।

पानामाले अघिल्लो संस्करणको विश्वकप खेलेको थियो । पानामाको फराकिलो जितमा गाव्रियल टोरेसले ४ गोल गरे । ३२ वर्षीय टोसेर मेक्सिकन लिग खेल्छन् ।

उत्तर अमेरिकाको विश्वकप छनोट शैली अचम्मको छ । यो महादेशबाट अधिकतम ४ टोलीले विश्वकप खेल्न पाउँछन् । विश्वकप छनोटको पहिलो र दोस्रो चरणमा महादेशीय वरियतामा शीर्ष पाँच स्थानमा रहेका टोलीले खेल्नुपर्ने छैन ।

बाँकी ३० टोलीबीच ६ समूहमा प्रतिस्पर्धा हुनेछ । हरेक समूहमा शीर्ष स्थानमा आउने टोली दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणमा ६ टोलीबीच होम एण्ड अवेका आधारमा खेल हुनेछ र विजेता तीन टोलीले तेस्रो चरणमा प्रवेश पाउनेछ ।

तेस्रो चरणमा यी तीन टोली र वरियतामा शीर्ष पाँचभित्र रहेका टोलीबीच खेल हुनेछ । राउण्ड रोविन प्रणालीमा हुने प्रतियोगिताको शीर्ष तीनभित्र आउने टोलीले सिधै विश्वकप खेल्न पाउनेछ भने चौथो स्थानमा रहनेले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey