वैकल्पिक खेलाडीले ह्याट्रिक गरेको खेलमा साल्भाडोरको फराकिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२३
  • |
  • 555 पटक हेरिएको

फिफा विश्वकप छनोट अन्तर्गत उत्तर अमेरिकी छनोटमा इएल साल्भाडोर शीर्ष स्थानमा रहेको छ ।

समूह ए मा रहेका साल्भाडोरले आइतबार विहान युएस भर्जिन आईसल्याण्डमाथि ७–० गोल अन्तरको जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

साल्भाडोरको सात अंकसहित शीर्ष स्थानमा रहँदा समान सात अंक नै भएको एन्टीगुवा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

साल्भाडोरलाई पछिल्लो खेलमा जिताउनका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका डेविड एन्टोनियो रुगमास लिवाले ह्याट्रिक गर्दा मार्विन विलफ्रेडो मोन्टेरोजा डेलाजसले २ गोल गरेका थिए । यसैगरी बाँकी दुई गोलमा जुआन कार्लोस पोर्टिलो लील र जोशुआ जियोवानी पेरेजको नाम रह्यो ।

Image

२३ औं मिनेटमा मार्विन विलफ्रेडो मोन्टेरोजाले गोल गर्दै साल्भाडोरलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा जुआन कार्लोस पोर्टिलो लिले अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २ गोल गरेको साल्भाडोरले दोस्रो हाफमा अरु पाँच गोल थपेको थियो । नेल्सन विलफ्रेडो बोनिला सान्चेजलाई प्रतिस्थापन गर्दै ५९ औं मिनेटमा मैदान प्रवेश गरेका डेविड एन्टिनियो रुगमासले ७७ औं मिनेटमा गोल गर्दा साल्भाडोर ३–० गोल अन्तरले अघि बढेको थियो ।

दोस्रो हाफको शुरुमै मैदान प्रवेश गरेका जोशुआ जियोवानी पेरेजले ७८ औं मिनेटमा गोल गरेपछि टिम फराकिलो जित तर्फ अघि बढेको थियो ।

८२ औं मिनेटमा लिवाले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरेका थिए । ८६ औं मिनेटमा मोन्टेरोजाले पनि व्यक्तिगत दोस्रो गोल पुरा गर्दा साल्भाडोर ६–० ले अघि रहेको थियो ।

दोस्रो हाफको निर्धारित ९० औं मिनेटमा लिवाले गोल गर्दै व्यक्तिगतरुपमा ह्याट्रिक पुरा गर्दा साल्भाडोर ७–० गोल अन्तरको एकतर्फी जित निकाल्न सफल भयो ।

Image

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey