ब्रुन्सले शतक प्रहार गरेको टेस्टमा इंग्ल्याण्ड १०३ रनले पछाडि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 355 पटक हेरिएको

न्यूजिल्याण्डविरुद्धको पहिलो टेस्टमा घरेलु टोली इंग्ल्याण्ड १०३ रनले पछि परेको छ । चौथो दिनको खेल सकिँदा इंग्ल्याण्ड २७५ रनमा रोकिन पुग्यो । न्यूजिल्याण्डले पहिलो पारिमा ३७८ रन बनाएको थियो ।

इंग्ल्याण्डलाई सस्तैमा समेट्नका लागि न्यूजिल्याण्डका टिम साउथीले ६ विकेट लिएका थिए । केइल जेमिसनले तीन विकेट हात पार्दा अर्को एक विकेट नेइल वाग्नरको नाममा रह्यो ।

इंग्ल्याण्डका ओपनर रोरि ब्रुन्सले शतकीय पारि खेल्दा चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । तेस्रो दिनको खेल बर्षाका कारण प्रभावित भएको थियो ।

चार रन हुँदा पहिलो विकेट गुमाएको इंग्ल्याण्डले दोस्रो विकेट १८ रनमा खेर फालेको थियो । पहिलो विकेटको रुपमा डम सिब्ले खाता नै नखोली पभेलियन फर्किएका थिए । ज्याक कार्लवीले व्यक्तिगत २ रन बनाएर आउट हुँदा इंग्ल्याण्डको स्कोर २–१८ भएको थियो ।

त्यसपछि ब्रुन्स र कप्तान जो रुटले २२३ बलमा ९३ रनको साझेदारी गर्दै इंग्ल्याण्डको स्कोर १०० प्लस बनाएका थिए । १११ रन भएका बेला रुट व्यक्तिगत ४२ रन बनाएर आउट हुन पुगे । त्यसपछि क्रिजमा आएका ओले पपले व्यक्तिगत २२ रनको योगदान गरेका थिए । उनी आउट हुँदा ४–१४० स्कोर रहेको थियो ।

पाँचौं र छैटौं विकेटको रुपमा डन लरेन्स र जेम्स बेर्सी खाता नै नखोली पभेलियन फर्किँदा इंग्ल्याण्डको स्कोर ६–१४० रन भएको थियो ।

सातौं विकेटका रुपमा ब्रुन्स र ओले रोविनसनले ६३ रनको साझेदारी गरेपछि इंग्ल्याण्डको स्कोर २०० प्लस भएको थियो । २०३ रन भएका बेला रोबिनसन व्यक्तिगत ४२ रन जोडेर आउट हुन पुगे ।

आठौं विकेटको रुपमा मार्कवुड खाता नै खोली पभेलियनको बाटो लागेका थिए । नवौं विकेटको रुपमा स्टुआर्ट बोर्ड व्यक्तिगत १० रन बनाएर आउट हुँदा इंग्ल्याण्डको स्कोर २२३ रन भएको थियो ।

त्यसपछि ओपनिङ आएको ब्रुन्स र अन्तिम ब्याट्सम्यान जेम्स एन्डरसनबीच ५२ रनको साझेदारी भएपछि इंग्ल्याण्डको स्कोर २७५ रन बनेको थियो ।

अन्तिम विकेटको रुपमा शतकीय पारि खेलेका ब्रुन्स १३२ रन बनाएर आउट भएका हुन् । उनले आफ्नो पारिमा २९७ बल खेल्दा १६ चौका र एक छक्का प्रहार गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey