तुर्किमिनस्तानको पोस्टमा द.कोरियाको पाँच गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 415 पटक हेरिएको

फिफा विश्वकप छनोट अन्तर्गत शनिबार भएको खेलमा दक्षिण कोरियाले सानदार जीत दर्ता गरेको छ ।

घरेलु मैदानमा तुर्किमिनिस्तानलाई ५–० गोल अन्तरले पराजित गर्दै समूह एच मा शीर्ष स्थानमा रहेको छ । कोरियाले चार खेलबाट १० अंक बनाउँदा दोस्रो स्थानमा रहेको लेबनानको पनि १० अंक नै भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

दक्षिण कोरियालाई जिताउनका लागि उई जो ह्वाङले २ गोल गर्दा ताइ ए नाम, यङ ग्वन किम र चाङ हुन कोनले एक एक गोल थपेका थिए ।

१० औं मिनेटमा उई जो ह्वाङले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा ताइ ए नामले गोल गरेपछि कोरियाले अग्रता दोब्बर बनाएको थियो ।

पहिलो हाफमा २ गोल गरेको कोरियाले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । ५७ औं मिनेटमा यङ ग्वन किमले तेस्रो गोल गरेका थिए भने ६३ औं मिनेटमा चाङ हुन कोनले टिमका लागि चौथो गोल थपे । ७३ औं मिनेटमा उई जो ह्वाङले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गर्दै फराकिलो जीत पक्का गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal