विश्वकप छनोट : अग्रता जोगाउन नसक्दा श्रीलंका पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 400 पटक हेरिएको

फिफा विश्वकप तथा एसियन च्याम्पियनसिप छनोटमा श्रीलंका पराजित भएको छ । दक्षिण कोरियाको गोयाङ स्टेडियममा शनिबार भएको खेलमा श्रीलंका लेबनानसँग ३–२ गोल अन्तरले पराजित हुन पुग्यो ।

शुरुवाती अग्रता भने श्रीलंकाले लिएको थियो । १० औं मिनेटमा अहमद ओसिम रजाकले गोल गर्दै अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको एक मिनेटमै बराबरी गोल गरेको थियो ।

उसका लागि ११ औं मिनेटमा जोआन औमारीले बराबरी गोल गरेका थिए । मोहम्मद जलाल कडौहीले १७ औं मिनेटमा गोल गर्दै लेबनालाई २–१ ले अघि बढाएका थिए ।

४४ औं मिनेटमा औमारीले व्यक्तिगत दोस्रो गोल थप्दा लेबनान ३–१ गोलले अघि बढेको थियो । पहिलो हाफमा पछि ३–१ ले पछि परेको श्रीलंकाले दोस्रो हाफमा एक गोल थपे पनि हार भर्न टार्न सकेन । ६१ औं मिनेटमा रजाकले पेनाल्टी मार्फत गोल अन्तर ३–२ मा झारेका थिए ।

समूह एचमा रहेको लेबनान चार खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । श्रीलंकाले भने पाँच खेलमा कुनै पनि अंक जोड्न सकेको छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey