वेम्लेमा विदेशी समर्थकलाई खेल हेर्न सहज नहुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 390 पटक हेरिएको

आसन्न युरो कपका बेला बेलायत सरकारले विदेशी समर्थकलाई प्रवेश गराउन विषयमा सहज नबनाउने भएको छ ।

प्रतियोगिताका डाइरेक्टर मार्टिन कालेनले युरोपियन फुटबल महासंघ र सरकारसँगको छलफलपनि प्रतियोगिताका बेला विदेशी समर्थकलाई मैदानमा प्रवेश गराउने विषयमा कुनै सहजता नअपनाउने बताए ।

तर सरकारका प्रवक्ताले युरो कपका लागि टिकट खरिद गरेका विदेशी समर्थकले वेम्बलेमा खेल हेर्न पाउने र बेलायत प्रवेशमा सहजता भने नहुने बताएका छन । कोहिपनि वेम्लेमा खेल हेर्नका लागि आउन चाहेमा कोरोना परिक्षणका साथै क्वारेन्टिन अनिवार्य बस्नुपर्नेछ । त्यसमा भने कुनै सहजता नअपनाइने बताए ।

वेम्लेमा युरोकपको सेमिफाइनल, फाइनलका साथै अन्तिम १६ का दुई खेल हुनेछन । यो प्रतियोगिता हुने देशमा बेलायतले बढि कडा नियम बनाएको छ । तर अरु देशमा समर्थकले कोरोनाको नेगेटिभ रिपोर्ट देखाए पुग्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal