चोटले करियर नै समाप्त भएका अशिम भन्छन-‘नेपालमा फुटबलमा भविष्य नदेखेर विदेशीए’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 1129 पटक हेरिएको

असिम जंग कार्की यो नाम नेपाली फुटबलमा आज भन्दा पाँच बर्ष अगाडीसम्म एक परिचित नाम थियो । तर पछिल्लो पाँच बर्षदेखि असिम नेपाली फुटबलबाट गायब अवस्थामा छ । उनी पछिल्लो दुई बर्षदेखि फ्रान्समा बस्दै आएका छन । परिवारसँगै फ्रान्स गएका अशिमले फुटबल खेल्न छोडेपछि फुटबलबाट टाढा भने हुन सकेका छैनन् । त्यसैले पनि उनी फ्रान्समा पनि एकेडेमीमा युवा खेलाडीलाई प्रशिक्षण दिइरहेका छन ।
सन् २००७ मा एन्फा एकेडेमीमा प्रवेश गरेका अशिमले उमेर समुहका प्रतियोगितामा नेपालबाट खेलेका थिए । उनले यू-१३, यू-१९ र यू-२३ मा नेपालको जर्सी लगाउँदै सिनियर स्तरसम्म पुगेका थिए । तर चोटका कारण उनको सिनियर टिमको यात्रा निकै छोटो हुन पुग्यो ।

एनआरटी, ब्याइज युनियन, थ्रीस्टार, मध्यपुर युथ जस्ता क्लवबाट ब्यवसायीक फुटबल खेलेका अशिमको करियर घुँडाको चोटले समाप्त नै गर्यो । पहिलो बाँया घुँडामा चोट बोकेका उनले २०१६ मा झापाको सुरंगा गोल्डकप खेल्दा दायाँ घुँडामापनि चोट बोकेपछि उनी फेरी मैदानमा फर्किन सकेनन् । सन् २०१४ मा कतारमा भएको फिलिपिन्सविरुद्धको मैत्रीपुर्ण खेलमा राष्ट्रिय टिममा डेब्यु गरेका अशिमले मात्र तीन क्याप जित्न सकेन ।
उनले सन् २०१६ मा थ्रीस्टाबाट मंगोलियामा एएफसी कप छनौट खेल्नु नै अन्तिम बन्यो । फुटबलमा फर्किन नसकेपछि उनी विचमा अन्य ब्यवसायमा पनि लागे ।

तर बैवाहिक बन्धनमा बाँधिएपछि उनको जीवनमा परिवर्तन निकै आयो । एक छोरीका बुवा भएका अशिम नेपाली फुटबलमा देखिएका अब्यवसायीकताले वाक्क नै बने । उनी भन्छन, नेपालमा फुटबल खेलमा करियर भएपनि अझैपनि सोचेको जस्तो नभएको बताउछन । उनी आफु चोटग्रस्त हुँदा एक पटक एन्फाले चासो दिएपनि दोस्रो पटक भने कसैले वास्ता नगरेको र त्यसले निकै तनाव भएको बताए ।

परिवारको दबाव त्यसमा पनि आफु खेल्न नसक्ने अवस्थामा पुगेपछि केहि बर्ष विदेशमा दुःख गरेर राम्रो आम्दानी गर्छु भन्ने सोच बनाएर फ्रान्स आएको बताउछन । अशिमका पिता निकै अगाडी फ्रान्समा रेस्टुरेन्ट ब्यवसाय गर्दै आएका थिए । अहिले अशिम पढाईसँगै काम पनि गरिरहेका छन ।

उनी अहिलेपनि नेपाली फुटबललाई समय मिलेको खण्डमा फलो गर्छन ।

हेरौ अशिमसँग नेप्लेजले गरेको भिडियो कुराकानी

 

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey