Prabhu Bank

भिषा ढिलाे आउँदा सन्दिपले टी-२० ब्लास्ट गुमाउने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 2 पटक हेरिएको

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले बेलायतमा हुने टी २० ब्लास्ट प्रतियोगिता खेल्न नपाउने पक्का जस्तै भएकाे छ । बेलायती काउन्टी क्रिकेट प्रतियोगिता टी २० ब्लास्टमा पहिलो पटक खेल्ने तयारीमा रहेका सन्दिपको भिषा निकै ढिलो गरेर आएकाले यो प्रतियोगिता गुमाउने संभावना उच्च रहेको र उनले खेल्ने क्लवसँगको सम्झौतापनि तोडिने उनका सहयोगी रमन सिवाकोटीले नेप्लेजलाई बताए ।

सन्दिपको भिषा शुक्रबारमात्र आएको थियो । तर उनलाई बेलायत जानका लागि निकै ढिलो भएको बताए । जुन नौ तारिखबाट हुने प्रतियोगितामा सन्दिप ओस्टसोरमा अनुबन्ध भएका थिए ।

सिवाकोटीले सन्दिपको भिषा आएपछि टी २० ब्लास्ट खेल्न चमत्कार नै हुनुपर्ने र अनुबन्ध भएको क्लवबाट नखेल्ने पक्का जस्तै भएको बताए । साथै उनले विचमा अरु क्लवले सम्झैता गरेको खण्डमा खेल्ने संभावना रहेको नभएमा अब द हन्ड्रेडका लागि तयारी गर्ने बताए ।

सन्दिप आफैले पनि शुक्रबार राती ट्विटरमा निकै ढिलो भएको भन्दै भनाई राखेका थिए । बेलायत सरकारले नेपाललाई अझैपनि रेड लिष्टमा राखेको छ । बेलायत जानका लागि तेस्रो मुलुकमा १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ ।

टी २० ब्लास्ट खेल्नका लागि कठिन भएपनि सन्दिपले द हन्ड्रेड खेल्न भने जाने भएका छन । जसमा उनी ओभल इन्भिनसिबलबाट खेल्नेछन । यो प्रतियोगिता जुलाईमा हुनेछ ।

सन्दिपको भिषा समयमा नै आएको खण्डमा मे को अन्तिममा बेलायत पुग्नुपर्ने थियो । तर उनले भिषाको प्रक्रिया समयमा नै गरेपछि पासपोर्ट आउन निकै ढिलो भएको हो ।

आफुले समयमा नै भिषा नभएको कुरालाई उनले सामाजिक सञ्जालमा नै बोलेका थिए । सन्दिपले पहिलो पटक बेलायतमा काउन्टी र फ्रेन्चाइजी लिग खेल्ने तयारीमा थिए । जसमा काउन्टी खेल्ने चाहना अधुरो हुने देखिएको छ ।

सन्दिपसँगकाे कुराकानी