म्यानचेस्टर युनाइटेडद्वारा ८ खेलाडी रिलिज

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 444 पटक हेरिएको

इंग्लिस क्लव म्यानचेस्टर युनाइटेडले सिजन सकिएसँगै आठ खेलाडीलाई रिलिज गरेको छ । जसमा गोलकिपर सर्जियो रोमेरोपनि रहेका छन ।

तर माटा र ली ग्रान्टसँग भने नयाँ सम्झौताका विषयमा छलफल गरेको छ । दुबै खेलाडीको अहिलेको सम्झौता जुन ३० मा सकिनेछ ।

क्लवले रिलिज गरेको खेलाडीमा रोमेरोसँगै जोयल पेरीरा, ज्याकोब कार्ने, मार्क हेल्म, लिस्टेन हग्स, अर्नाउ, म्याक्स टेलर र एलिउ टोरी छन ।

क्लवले माटालाई टिममा राख्नका लागि चाहेको छ । यो यो सिजनमा उनले मात्र नौ खेलमा खेल्न पाएका थिए ।

यता ग्रान्टले सन् २०१८ पछि मात्र दुई खेल खेलेका छन । रोमेरो सन् २०१५ मा युनाइटेडमा अनुबन्ध भएका थिए ।

उनले क्लवबाट ६१ खेल खेलेका छन । तर पछिल्लो पटक उनको प्रदर्शन खस्किएको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey