स्पेन र पोर्चुगल बराबर, इटालीको सानदार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२२
  • |
  • 785 पटक हेरिएको

युरो कपको तयारीमा रहेका टिमहरुबीच मैत्रीपूर्ण खेल भएको छ ।

गएराति भएको खेलमा स्पेन र पोर्चुगल गोलरहित बराबरी खेलेका छन् ।

दुवै टिमले पाएका मौका सदुपयोग गर्न सकेनन् । उता इटालीले भने सानदार जित दर्ता गरेको छ ।

इटालीले चेक गणतन्त्रमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । केइरो इमोबाइलले २३ औं मिनेटमा इटालीका लागि गोलको खाता खोलेका थिए ।

नोकोलो वेरेलाले ४२ औं मिनेटमा गोल गरेपछि इटालीले अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफमा २ गोल गरेको इटालीले दोस्रो हाफमा २ गोल गरेको थियो ।

लोरेन्जो इन्सिग्नेले ६६ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दा डोमेनिको वेराडिले ७३ औं मिनेटमा गोल गरेपछि इटाली चार सून्य गोल अन्तरले विजयी भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey