दोस्रो एक दिवसीय क्रिकेटमा आयरल्याण्ड ८ विकेटले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 640 पटक हेरिएको

दोस्रो एक दिवसीय क्रिकेटमा आयरल्याण्ड ८ विकेटले विजयी भएको छ । नेदरल्याण्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको आएरल्याण्डले ४२ बल बाँकी छर्दै मात्र २ विकेट गुमाएर पुरा गरेको हो ।

यो सँगै तीन म्याचको एक दिवसीय सिरिज एक एकको बराबरीमा आएको छ । अब सिरिजको छिनोफानो अन्तिम एक दिवसीयबाट हुने छ ।

आएरल्याण्डको जितमा एन्डी बलबर्नी र पौल स्र्टलिङले अर्धशतकीय पारि खेलेका थिए । ९ रन हुँदा पहिलो विकेट गुमाएको आयरल्याण्डको परिलाई बलबर्नी र स्र्टलिङले सम्हालेका थिए ।

स्र्टलिङ ५२ रन बनाएर आउट भएका थिए । त्यसपछि बलबर्नी र हेरि टेक्टोरले नटआउट पारि खेल्दै आयरल्याण्डलाई जित दिलाए । बलबर्नी ६२ रनमा नटआउट रहँदा टेक्टोर ३० रनमा अभिजित रहे ।

नेदरल्याण्ड्सको पिटर सेलार र लेगोन भान विकले एक एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले ४९.२ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।

उसका लागि म्याक्स वोडोडले सर्वाधिक ३६ रन बनाउँदा बास डि लिड र स्कट एडवार्डले २३–२३ रन जोडे । यसैगरी भान बीक २२ रनमा नटआउट रहेका थिए ।

आयरल्याण्डका लागि जोस लिटल र चिराग योङले समान चार चार विकेट लिएका थिए । अब तेस्रो तथा अन्तिम एक दिवसीय सात तारिखमा हुने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal