Mega Bank

युवा तथा खेलकुद मन्त्रीमा एकबाल मियाँ नियुक्त

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 445 पटक हेरिएको

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् ।

संसद भंग गरि कामचलाउ प्रधानमन्त्री भएका उनले मधेसवादी दल जसपाको महन्त ठाकुर र राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराएका हुन् ।

नयाँ मन्त्रिपरिषद्मा ओलीले राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित उनी पक्षका १० जनालाई ल्याएका हुन् । जसपा नेता एकबाल मियाँ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

एकबाल २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर चारबाट निर्वाचित भएका थिए । त्यतिबेला राष्ट्रिय जनता पार्टी राजपाको चुनाव चिन्ह छाता लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका एकबालले २२ हजार २ सय ७५ मत प्राप्त गरेका थिए ।

 

भर्खरै

Advertisement