राखेप कर्मचारी संघद्वारा कोभिड सम्वन्धि भर्चुअल कार्यक्रम आयोजना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 378 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र कोभिडका विच खेलक्षेत्रको सक्रियताका बारेमा भर्चुअल कार्यक्रमको आयोजना गरेको थियो ।
कोभिड १९, त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेलक्षेत्रलाई चलायमान गर्ने सम्वन्धमा के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा मुख्य बक्ता राखेपका पूर्व चिकित्सक अजय समशेर जंगबहादुर राणाले कार्यक्रममा सहभागी सवैलाई जानकारी गराए ।
कोभिडका कारण सवै क्षेत्र अक्रान्त भईरहेको अवस्थामा खेलकुद क्षेत्र पनि अछुतो रहन सकेको छैन । कोभिडका कारण खेल क्षेत्रका ब्यक्तहरुले पनि आफ्नो ज्यान गुमाउन पुगेका छन् । यस्तै कतिपय ब्यक्तिहरु संक्रमणका कारण आईसोलेसन र अस्पतालमा उपचार गराईरहेका छन् ।
कार्यक्रमको सभापतित्व कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले गरेका थिए भने कार्यक्रको संयोजन राजु मास्केले गरेका थिए । यस्तै सहजकर्ताका रुपमा संघका महासचिव फणिन्द्र पौडेलले गरेका थिए । कार्यक्रमलाई राखेपमा सदस्यहरु ईन्दिरा निरौला, रिम रानाभाट, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बि.क., राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले कोभिडका कारण खेलकुद क्षेत्रले भोग्नु परेको प्रभावका बारेमा आफ्नो धारण राखेका थिए । आफ्नो धारणा राख्ने क्रममा ईन्दिरा निरौलाले आफुले जावलाखेलमा सुविधा सम्पन्न आईसोलेसन सेन्टरको स्थापना गरेको र आफुले खेलकुद संग सम्वन्धितहरुको सक्दो जानकारी राखेको र समस्या समाधानका लागि पहल गरिरहेको जानकारी गराईन् ।
पहिलो चरणको कोभिडबाट सामान्य प्रभावमा रहेको खेलकुद क्षेत्र दोश्रो भेरियन्टमा निकैनै क्षती ब्यहोर्न बाध्य भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey