दुई बर्षको प्रतिबन्ध सकेर जयशुर्या प्रशिक्षकका रुपमा फर्किदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 338 पटक हेरिएको

श्रीलंकन पूर्व खेलाडी सनथ जयशुर्या प्रशिक्षकका रुपमा क्रिकेटमा फर्किने भएका छन । आइसीसीको एन्टी करप्सनको प्रतिबन्धमा दुई बर्ष परेका जयशुर्या सो प्रतिबन्ध सकिएपछि नै प्रशिक्षकका रुपमा क्रिकेटमा फर्किने भएका छन ।

श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका जयशुर्याले मेलबर्नको क्लव गुल्ग्रेभसँग एक बर्षको सम्झौता गरेका छन ।

श्रीलंकाका लागि एक सय १० टेष्ट, चार सय ४५ एकदिवसिय खेलेका उनलेस २२ बर्ष । राष्ट्रिय टिमबाट खेलेका थिए । जयशुर्याले तिलकरत्ने दिल्सान र उपल थरंगासँग जोडिने भएका छन ।

जयशुर्यालाई प्रशिक्षकमा आउनका लागि दिल्सानले नै हौसाएको बताइएको छ । जयशुर्यालाई आइसीसीले २०१८ को अक्टोबर १५ बाट प्रतिबन्ध लगाएको थियो । उनले श्रीलंकन क्रिकेटमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनीमाथि खेल मिलोमतोको आरोप लागेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey