जसपा नेता एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री बन्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 1490 पटक हेरिएको

नेप्लेज । जनता समाजबादी पार्टीका नेता एकवाल मियाँ केपी ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

जसपा सरकारमा सहभागी हुने निश्चित भएसँगै बारा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका प्रतिनिधिसभा विघटनपछिको चुनावी सरकारका मन्त्री बन्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले बहालवाला मन्त्रीहरुको जिम्मेबारी हेरफेर तथा जसपालाई सरकारमा समावेश गरी मन्त्रिपरिषद पुनर्गठन गर्दा युवा तथा खेलकुद मन्त्रालय एकवालको भागमा परेको हो ।

यसअघि प्रतिनिधिसभा सदस्य नरहेका दावा लामा तामाङ २०७७ पुस ११ गते खेलकुदमन्त्री बनेका थिए । उनलाई दुई साताअघि सर्वोच्चले पदमुक्त गरिदिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal