टुसेल र चेल्सीबिच तीन बर्षकाे नयाँ सम्झाैता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 319 पटक हेरिएको

चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका प्रशिक्षक थोमस टुसेलले क्लवसँग तीन बर्षको नयाँ सम्झौता गरेका छन । नयाँ सम्झौता अनुसार उनी २०२४ सम्म चेल्सीमा रहनेछन ।

पीएसजीले बर्खास्त गरेपछि फ्रांक लाम्पार्डको स्थानमा गन जनवरीमा चेल्सीको प्रशिक्षक भएर आएका टुसेलले टिमलाई च्याम्पियन्स लिगको उपाधि दिलानुका साथै साथै एफए कपको उपविजेता र अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गराए ।

सुरुवातमा टुसेललाई १८ महिनाका लागि क्लवको प्रशिक्षक बनाएको थियो । तर अब उसले तथ तीन बर्षका लागि नविकरण गरेको छ ।

टुसेलले चेल्सीको प्रशिक्षण सम्हालेपछि टिमको प्रदर्शन एकाएक परिवर्तन भएको थियो । च्याम्पियन्स लिगको फाइनलमा पनि चेल्सीले म्यानचेस्टर सिटीलाई एक शुन्यले हराएको थियो । जुन उसको इतिहासको दोस्रो च्याम्पियन्स लिगको उपाधि थियो ।

अघिल्लो सिजनमा पीएसजीबाट फाइनलमा पुगेका उनी बार्यन म्युनिखसँग पराजित भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey