Mega Bank

१२ खेलमा गरेका कुल गोल बराबर दुई खेलमा नै गरेको नेपालको परिवर्तित फुटबल टिम

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 234 पटक हेरिएको

हाल फिफा विश्वकप छनौटका लागि नेपाली टिम कुवेतमा रहेको छ । जसमा नेपालले विहिबार राती चाइनिज ताइपेइसँग दुई शुन्यको जित निकालेको छ । यो जितले नेपाली खेलाडीको आत्मबल मात्र बलियो बनाएको छैन, नेपालले आक्रामक फुटबलको शैलीलाई अपनाएको छ ।

त्यसमा नेपाली टिम सफलपनि देखिएको छ । नेपालले यसअघि परम्परागत चार चार दुईको फरमेसनलाई अपनाइरहेको नेपाली फुटबल पछिल्लो पटक चार तीन तीन वा चार एक चार एकमा स्विच भएर मैदानमा उत्रिन थालेको छ । यो फरमेसन हामीले इराकविरुद्धको खेलमा र चाइनिज ताइपेइविरुद्धको खेलमा देख्न पायौं ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिमलाई एउटा आक्रामक फुटबल खेल्ने टिमका रुपमा परिणत गर्ने क्रममा छन । त्यसमा उनले सुरुवातमात्र गरेका छन । तर प्रशिक्षकको योजनामा खेलाडीपनि निकै साथ दिइरहेका छन । अहिले नेपाली टिमका खेलाडीमा आत्मविश्वास बढ्नुका साथै हामी पनि गोल गर्न सक्छौ है भन्ने विश्वास बढ्न थालेको खेलाडी आफैले बताउन थालेका छन ।

 

नेपाली टिमका कप्तान किरण चेम्जोङले १३–१४ बर्षको करियरमा अहिलेको जसरी आक्रामक फुटबल खेलेको पहिलो पटक रहेको बताइसकेका छन । उनले सबै खेलाडीको माइन्डसेटलाई परिवर्तन गरेर त्यहि अनुसार मानसिक रुपमा फिट बनाउने काम गरिरहेका छन ।
यतिमात्र होइन, खेलाडीलाई पढ्ने काममा ब्यस्त बनाउन थालेका छन ।

खेलका बेला सोसियल मिडियामा झांगिन नपाउने, डाइटको उचित प्रयोग, फिटनेसलाई मुख्य प्राथमिकता लगायतका नियमलाई कडा रुपमा पालना गर्नुपर्ने भनेका छन । त्यसमा खेलाडीपनि निकै साथ दिइरहेका छन । नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुन नेपाल आउनुभन्दा अगाडी नै सबै कुरालाई अध्ययन गरेका युवा प्रो लाइसेन्स प्रशिक्षक अल्मुताइरीको हातमा नेपाली टिम परेपछि चरणबद्ध रुपमा परिवर्तन देखिएको छ । चाहे त्यो खेलका बेला मैदानमा होस या मैदान बाहिर ।

यतिमात्र होइन, परिवर्तनको संकेत नेपाली टिमको प्रर्दशनमा देखिएको छ । नेपालले पछिल्ला १२ खेलमा गरेको कुल गोल दुई खेलमा नै गर्न सफल भयो । नेपालले सन् २०१९ को अगष्ट २६ तारिखपछि खेलेका सबै खेलमा गरेका कुल गोलको संख्या बराबर नेपालले पछिल्लो दुई खेलमा गर्न सफल भयो ।

यो विचमा इराकसँगको खेल अगाडी नेपालले १२ खेलमा दुई जित निकालेको थियो भने सात खेल हारेको थियो । तीन खेल बराबरी खेलेको थियो । यो विचमा नेपालले जितेको खेल भने चाइनिज ताइपेइ र बंगलादेश रहेका थिए । जसमा ताइपेईविरुद्ध दुई शुन्य र बंगलादेशविरुद्ध दुई एकको जित निकालेको थियो । जसमा उसले २३ गोल खाएको थियो ।

आफु भन्दा बलियो टिम इराकसँग ६ दुईको हार ब्यहोरेपनि नेपालले दुई गोल गर्न सफल भयो । युवा खेलाडीले भरिएको टिमको सो हारपछि पनि प्रदर्शनमा भने सबैको चित्त बुझाई थियो । त्यसपछि ताइपेईविरुद्धको जितपछि नेपाली टिममा सकारात्मक परिवर्तन देखिएको सबैको आंकलन रहेको छ ।

भर्खरै

Advertisement