Mega Bank

ट्विटकाे विवादमा तानिएका इंग्ल्याण्डका बलर रोविनसन दाेस्राे टेष्ट खेल्न नपाउने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 76 पटक हेरिएको

नौ बर्ष अगाडी लैंगिक र जातीय विभेद हुने ट्विट गरेर अहिले विवादमा तानिएका इंग्ल्याण्डका तिब्रगतिका बलर ओली रोविनसनलाई इंग्ल्याण्डले दोस्रो टेष्टमा टिमबाट हटाउने भएको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले खेल जीवन सुरु गर्ने बेला गरेको ट्विट जातीय र लैंगिक विभेद हुने किसिमको रहेको र त्यसको अनुसन्धान भइरहेको बताएको छ । उनले सन् २०१२ र २०१३ मा सो ट्विट गरेका थिए । त्यो बेला उनी १८ बर्षको उमेरमा रहेको भनिएको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले रोविनसनमाथि थप कारवाहीका लागि पनि अनुसन्धान सुरु गरेको छ । उनी दोषी प्रभाणित भएको खण्डमा ओलीलाई प्रतिबन्ध लाग्नुका साथै जरिवानापनि लाग्ने भनिएको छ ।

आफ्नो पुरानो ट्विटले अहिले विवाद आउला भनेर नसोचेका ओलीले आफ्ना खेलाडी साथीसँग लर्डस मैदानको ड्रेसिङ रुममा नै माफि मागिसकेका छन । तर बोर्डले उनलाई दोस्रो टेष्टमा टिमबाट हटाउने पक्का गरिसकेको छ ।

इंग्ल्याण्ड फुटबल टिमका प्रमुखले ओलीलाई पहिलो टेष्ट सकिएलगत्तै उनलाई टिमबाहिर राख्ने बताएका छन । इंग्ल्याण्ड सरकारले नै लैंगिक र जातीय विभेदमा शुन्य सहनसिलताको नियम बनाएको छ ।

हाल २७ बर्ष रहेका ओलीको करियर सिनियर टिममा सुरु हुनेवितिक्कै विवादमा आएको छ ।

भर्खरै

Advertisement