आफु कप्तानका लागि कहिलेपनि मरिहत्ते गर्दैन-रासिद खान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 439 पटक हेरिएको

अफगानिस्तानका महत्वपुर्ण खेलाडी रासिद खानले आफु कहिले पनि कप्तानका लागि मरिहत्ते नगर्ने बताएका छन । उनले आफ्नो प्रदर्शन खस्किने डरले कप्तान नहुने बताएका हुन ।

उनले टिमका लागि राम्रो खेलाडी हुनु नै आफ्नो लागि मुख्य रहेको उनले बताए । उनले आफु खेलाडीका रुपमा राम्रो हुन चाहिरहेको र त्यसैमा केन्द्रि भएको बताए ।

उनले यदि टिमको कप्तान भएको खण्डमा आफ्नो प्रदर्शन असर पर्ने डर भएको भन्दै उपकप्तान नै ठिक भएको धारणा राखे । त्यसैले आफु जहिले पनि कप्तानबाट टाढा नै रहने बताए ।

उनले अफगानिस्तान टिमका लागि खेलाडीका रुपमा नै राम्रो योगदान गर्न चाहिरहेको र त्यसैमा ध्यान दिने बताए । उनले खेलाडीका रुपमा नै निकै खुसी रहेको बताएका छन ।

पछिल्लो तीन बर्षदेखि अफगानिस्तान टिमले राम्रो प्रशिक्षक भेट्टाउन सकेको छैन । सन्् २०१९ मा भएको विश्वकपको दुई महिना अगाडी अस्घर अफगानलाई कप्तानबाट हटाएर तीन फरक विधाको फरक कप्तान बनाएको थियो ।

तर विश्वकपमो उसले एक खेलपनि नजित्दै बाहिरीएपछि एकदिवसिय र टी २० को कप्तान एकै राखिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey