चाइनिज ताइपेइविरुद्ध नेपालको प्लेईङ सेटमा परिवर्तन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 492 पटक हेरिएको

फिफा विश्वकप तथा एशिया कप छनोटका लागि अहिले नेपाल र चाइनिज ताइपेइबीच खेल हुँदै छ ।

कुवेतमा नेपाली समय अनुसार पौने १० बजे शुरु हुने खेलका लागि नेपाली टिमको प्लेयिङ ११ सार्वजनि गरिएको छ । इराकमा मैत्रीपूर्ण फुटबल खेलेर कुवेत गएको टिमले त्यहाँ द दुई दिन अभ्यास पनि गरेको थियो ।

अहिले नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री को ?

चाइनिज ताइपेईविरुद्धको खेलमा भने इराकविरुद्धको खेलमा स्थान पाएका केही खेलाडी परिवर्तन भएका छन् । इरकाविरुद्ध डेब्यु खेलमै गोल गरेका मनीष डाँगीलाई बैकिल्पक खेलाडीको रुपमा राखिएको छ भने यसैगरी नवयुग श्रेष्ठ पनि बाहिर रहेका छन् ।
चाइनिज ताइपेईविरुद्ध खेल्ने नेपालको टिम ।

किरण लिम्बु, गौतम श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल, सुमन लामा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुनिल बल, आशिष लामा र अन्जन विष्ट रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey