अहिले नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री को ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 698 पटक हेरिएको

पछिल्लो समय राजनीति तरंगित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै आगामी कार्तिक २७ र मंसिर ३ गतेका लागि चुनाव घोषणा गरिएको छ । यो चुनाव होला या नहोला त्यसको भविष्य केही समय पछि हुने नै छ ।

कारण, अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको संसद भंगको विषय सम्मानीत सर्वोच्च अदालतमा पुगेको छ । अदालतको फैसला जस्तो आउला त्यसैगरी नेपालको राजनीति अघि बढ्ने पक्का छ ।

झण्डै २ तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्री भएका केपी शर्मा ओली पार्टी भित्रको आन्तरिक कलहका कारण अल्पमतमा परि सकेका छन् । वैशाख २७ गते संसदबाट विश्वासको मत हासिल गर्न नसकेका प्रधानमन्त्री ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतले वैशाख ३० गते पुनः नियुक्त भएका थिए । आफूले सपथ लिएसँगै पुुरानै मन्त्रीहरुलाई आफ्नो मन्त्रिपरिषद्मा निरन्तरता दिएका थिए ।

तर, यसअघि पनि संघीय संसदका सदस्य नभएका मन्त्रीहरुलाई पनि दोहोर्‍याएपछि सात जना मन्त्रीहरुविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । जेठ ६ गतेको सर्वोच्चको अन्तरिम आदेश अनुसार संसदका कुनै पनि ठाउँमा सदस्य नभएका सात जना मन्त्रीहरु पदमुक्त भएका थिए ।

यस्तोमा युवा तथा खेलकुदमन्त्रालय पनि परेको थियो । युवा तथा खेलकुदमन्त्री दावा तामाङ पनि पदमुक्त भएसँगै मन्त्रालय मन्त्रीबिहीन अवस्थामा रहेका बेला जेठ ७ गते राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सबै सात जना मन्त्रीहरुको जिम्मेवारी तोकेकी थिइन् ।

युवा तथा खेलकुद मन्त्रालयले वेभसाइटमा यो बिवरण अध्यावधिक गरे पनि नेपाली खेलकुदकै सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको वेभसाइटमा भने अध्यावधिक गरिएको छैन । अहिले पनि राखेपको वेभसाइट http://nsc.gov.np/ खोल्ने हो भने प्रधानमन्त्री ओली संरक्षकको रुपमा रहेका छन् भने विभागीय मन्त्रीको रुपमा दावा लामा राखेपको अध्यक्षका रुपमा रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal