अगुइरोका लागि ग्वार्डियोलाले नक्कली आशु निकालेको आरोप

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 467 पटक हेरिएको

म्यानचेस्टर सिटीमा एक दशक विताएर हालै बार्सिलोनामा अनुबन्ध भएका सर्जियो अगुइरोको पिताले उनलाई भित्र्याउन आर्सनल र चेल्सीले पनि अन्तिम मिनेटसम्मपनि प्रयास गरेको खुलासा गरेका छन ।

३३ बर्षे स्ट्राइकर अगुइरोले बार्सिलोनाले यो साता अनुबन्ध गरेका तीन खेलाडीमा पहिलो हुन । दुई बर्षका लागि क्याम्प नोउमा गएका अगुइरोको सिटीसँगको सम्झौता यो महिनाको अन्तिममा सकिँदैछ ।

सिटीका लागि दुई सय ६० गोल गरेका अगुइरोले पाँच पटक प्रिमियर लिगको उपाधि जितेका थिए । अगुइरोका पिता लियोनेल इल कास्टिलिनोले उनलाई प्रिमियर लिगमा नै राख्नका लागि अरु क्लवले इच्छा देखाएको र निकै प्रयासपनि गरेको बताए । तर उनी अहिले आफ्नो मिल्ने साथी लियोनल मेस्सीसँगै अनुबन्ध हुन पाउँदा निकै खुसी रहेको बताए ।

अगुइरो सिटीले नै नयाँ अनुबन्ध गरोस भन्ने चाहिरहेको तर त्यो हुन नसकेपछि प्रिमियर लिगबाट नै बाहिरीएको बताए । उनले बार्सिलोनामा अनुबन्ध हुने कुरा नचल्दासम्म निकै अन्योलमा रहेको बताए । तर आर्सनल र चेल्सीले अन्तिम मिनेटसम्म पनि उनलाई पक्ष्याइरहेको बताए ।

यसका साथै उनले प्रिमियर लिगको अन्तिम खेलमा सिटीका प्रशिषक पेप ग्वार्डियोलाले निकालेको आशु नक्कली भएको बताएका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal