लाजियोका पूर्व प्रशिक्षक सिमोन इन्टरको नयाँ प्रशिक्षकमा अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 319 पटक हेरिएको

सिरी ए को च्याम्पियन क्लव इन्टर मिलानले लाजियोका पूर्व प्रशिक्षक सिमोन ईन्जागीलाई नयाँ प्रशिक्षकमा अनुबन्ध गरेको छ ।

क्लवलाई लिगको च्याम्पियन बनाएका एन्टोनीयो कोन्टेले छोडेपछि इन्टरले सिमोनलाई नयाँ जिम्मेवारी दिएको हो ।

पाँच बर्ष लाजियोको प्रशिक्षक रहेको सिमोनले यसै सिजनमा क्लव छोडेका थिए । उनले लाजियोलाई च्याम्पियन्स लिगमा पुर्याएका थिए ।

क्लवसँग नयाँ सम्झौता गर्ने सहमती गरेपनि पछि उनले त्यो निर्णयलाई फिर्ता लिएका थिए । सिमोनले इन्टरसँग दुई बर्षको सम्झौता गरेका छन ।

उनको सम्झौता सन् २०२३ मा सकिनेछ । ४५ बर्षे सिमोनले सिरी एमा एक नासको प्रदर्शन टिमलाई दिलाउँदै आएका थिए । नयाँ सिजन सुरु हुन अगाडी उनले क्लवको प्रशिक्षकको जिम्मेवारी पाउने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey